१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीका १३ नेताद्वारा सामूहिक राजीनामाको घोषणा



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका गण्डकी प्रदेशका १३ नेताले पार्टीबाट राजीनामा दिएका छन् ।

सो पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका सचिवालय सदस्य महेश भण्डारीसहित १२ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे रहेका छन् ।

यस्तै राजीनामा दिनेमा युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामे पनि रहेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् ।