१४ असार २०८३, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौष पहिलो साता ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी’ आयोजना हुने



अ+ अ-

काठमाडौं । आगामी पौष २, ३ र ४ गते ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ ।

चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढि स्टलहरु रहनेछन । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘टेक्नोलोजी ट्रान्सफर गर्ने, नेपाली उत्पादनको बजारीकरणका लागि सहज गर्ने र जो नयाँ इन्डष्ट्रिमा आउन खोज्नु भएको छ, उहाँहरुलाई आकर्षण गर्नका लागि यो प्रर्दशनी गर्न लागिएको हो ।’

प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ । उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताउनु भयो । उहाँले देशको सेवाका लागि केही योगदान गर्न सकिन्छ भनेर आफूहरुले पनि सो प्रर्दशनीमा भाग लिने निर्णय गरेको बताउनु भयो । अध्यक्ष पुनले भन्नु भयो, ‘देशलाई समृद्ध बनाउने भनेको उद्योगीहरु र उद्यमीहरुले हो । सरकारको काम, नेताहरुको काम के हो भन्दाखेरी उद्योगी, उद्यमीहरुलाई काम गर्न सजिलो वातावरण बनाई दिने मात्रै हो । सजिलो वातावरण बनाई दियो भने उद्यमीहरु आफंै बन्दछन । तर हाम्रो नेपालमा के छ भने सजिलो वातावरण बनाउने होईन कि कसरी अप्ठयारो वातावरण बनाई दिने भनेर चेपुवामा पार्ने वातावरण छ, परम्परा छ । यो परम्परालाई हटाउँदै जाने र आफूले सकेको उद्यम गरेर आफ्नो मातृभुमिलाई, देशलाई सेवा गर्ने हो ।’

प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औंजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ । त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेको उपकरणहरु पनि प्रर्दशनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । प्रर्दशनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई पुरस्कारसहित सम्मान गरिनेछ ।

प्रर्दशनीलाई सफल बनाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहका संघ, संस्थाहरुको पनि सहयोगी भूमिका रहनेछ ।