काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले रामचन्द्र झालाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।
बुधवार बसेको केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्रबाट औपचारिक रुपमा प्रवेश गर्नुअघि नै झालाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
यसैगरी गठबन्धन सरकारले बंगलादेशको राजदूतबाट फिर्ता बोलाएका डा.बंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । मिश्र यसअघि एमालेको केन्द्रीय सदस्य थिए ।