१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार बजिमयको निधन



अ+ अ-

काठमाडौं ।  वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । 

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ ९कविता सङ्ग्रह०, ‘अन्त्वत्तोगत्वा’ ९कथा सङ्ग्रह० प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गर्नुभएको थियो ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा रहिसक्नुभएको थियो । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उहाँको जन्मथलो पोखरा आजै लगिएको छ । रासस