१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक पालिका, एक दमकल’



अ+ अ-

ओखलढुङ्गा । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिनुभएको  छ । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उहाँले ‘एक पालिका एक दमकल’ को अबधारणालाई सरकारले अगाडि बढाएको बताउनुभयो  । 

“जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला ।” उहाँले भन्नुभयो । 

कार्यक्रममा  पालिका प्रमुख उपप्रमुखले हाल सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिनुभएको थियो ।  जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले आगलागीबाट जिल्लामा बर्सेनि सामुदायिक तथा निजी वन, सार्वजनिक र निजी सम्पत्ति तथा जनधनकोे क्षति हुने गरेको बताउनुभयो ।