१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक पालिका, एक दमकल’



अ+ अ-

ओखलढुङ्गा । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिनुभएको  छ । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उहाँले ‘एक पालिका एक दमकल’ को अबधारणालाई सरकारले अगाडि बढाएको बताउनुभयो  । 

“जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला ।” उहाँले भन्नुभयो । 

कार्यक्रममा  पालिका प्रमुख उपप्रमुखले हाल सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिनुभएको थियो ।  जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले आगलागीबाट जिल्लामा बर्सेनि सामुदायिक तथा निजी वन, सार्वजनिक र निजी सम्पत्ति तथा जनधनकोे क्षति हुने गरेको बताउनुभयो ।