१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाट्स एपबाट ठगि गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । ह्वाट्स एपबाट ठगि गर्ने एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुकुम रन्मामैमकोट गाउँपालिका– ३ नेपालटारका ३३ वर्षीय विकाश गुरुङ रहेका छन् । उनले विदेशबाट सामान पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने गर्ने गरेका थिए । 

गुरुङलाई गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति कार्तिक २६ गते दिउँसो गैरीधाराबाट ठगि गरेको रकम सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाईएको प्रहरीले जनाएको छ ।