काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले संवादमा आउन आह्वान गरेसँगै आन्दोलनरत कानून व्यावसायीहरुले छलफल गर्ने भएका छन् ।
नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलका लागि भेला भएका हुन् ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए ।