
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ ।
क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा आइतबार उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरिएको हो ।
यता, नायिका कार्कीले भने ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको बताएकी छन । आफ्नो जानकारीबिनै तस्बिर प्रयोग गरेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।