१४ असार २०८३, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग क्यानले सोध्यो स्पष्टीकरण



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण मागेके छ । 

खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै एक मिडियामा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो । 

क्यानले आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन समय तोकेको छ । गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडियोमार्फत राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेका थिए । 

क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा उनीहरुले असन्तुष्टि जनाएका थिए ।

वर्गीकरणअनुसार ‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरलाई मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरलाई मासिक ३० हजार रुपैयाँ दिइँदै आएको छ । 

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पाउँदै आएका छन् ।

वर्गीकरणमा ढिलाइ भएपछि र अहिले खेलाडीको असन्तुष्टिले गर्दा  राष्ट्रिय क्रिकेट टिमका खेलाडी मार्चपछिको मासिक तलब लिनबाट बञ्चित छन् ।