१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग क्यानले सोध्यो स्पष्टीकरण



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण मागेके छ । 

खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै एक मिडियामा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो । 

क्यानले आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन समय तोकेको छ । गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडियोमार्फत राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेका थिए । 

क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा उनीहरुले असन्तुष्टि जनाएका थिए ।

वर्गीकरणअनुसार ‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरलाई मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरलाई मासिक ३० हजार रुपैयाँ दिइँदै आएको छ । 

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पाउँदै आएका छन् ।

वर्गीकरणमा ढिलाइ भएपछि र अहिले खेलाडीको असन्तुष्टिले गर्दा  राष्ट्रिय क्रिकेट टिमका खेलाडी मार्चपछिको मासिक तलब लिनबाट बञ्चित छन् ।