१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दुर्घटनामा आठ आप्रवासीको निधन



अ+ अ-

म्याड्रिड । ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो ।

डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।

यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।