१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएमपीएल मेना च्याम्पियनसिपः नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले जित्यो ३३ लाख



अ+ अ-

काठमाडौं । मोबाइल गेम पब्जीको पीएमपीएल मेना एण्ड साउथ एसिया च्याम्पियनसिप अन्तर्गत पहिलो सिजनमा नेपाली पब्जी टिम डीआरएस गेमिङले दोस्रो स्थान हासिल गरेको छ । 

आइतबार सम्पन्न प्रतियोगितामा कुल १२७ पोइन्ट र ५५ किलसहित दोस्रो भएको डीआरएसले २८ हजार डलर अर्थात करिब ३३ लाख रुपैयाँ जित्न सफल भएको हो । त्यसैगरी नेपालबाटै सहभागी अन्य दुई टोलीले छैठौं र सातौं स्थान प्राप्त गरे । 

कुल ८७ पोइन्ट र ४६ किलसहित डेडआइज गाइज (डीई) छैठौं भएको छ भने विजेज विथ भाइब्स (डब्लुजेडभी) ७९ पोइन्ट र ३८ किल सहित सातौं भएको छ ।

दुवै टोलीले क्रमशः पाँच हजार डलर र चार हजार सात सय ५० डलर जिते ।

त्यस्तै डीआरएस भन्दा मात्र तीन पोइन्टले अघि रहेर साउदी अरेबियाको टोली ‘रिको इन्फिनिटी’ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १३० पोइन्ट र ५० किल सहित पहिलो भएर सो टोलीले ४० हजार डलर पुरस्कार जित्यो ।

योसँगै आउँदो पीएमजीसी २०२१ को लागि रिको इन्फिनिटी, स्टलवार्ट इस्पोर्टस, क्रिप्टिक्स र डेडआइज गाइज छनौट भएको छ । पोइन्टसको आधारमा यसअघि नै डीआरएस गेमिङ र निग्मा ग्यालेक्सीले छनौटमा स्थान बनाइसकेका छन् ।

कार्यक्रममा मध्य पुर्वी, दक्षिण एसिया, उत्तर अफ्रिका क्षेत्रका देशहरू र ताईवान गरी कुल २० टोलीले सहभागिता जनाएका थिए ।