२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएमपीएल मेना च्याम्पियनसिपः नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले जित्यो ३३ लाख



अ+ अ-

काठमाडौं । मोबाइल गेम पब्जीको पीएमपीएल मेना एण्ड साउथ एसिया च्याम्पियनसिप अन्तर्गत पहिलो सिजनमा नेपाली पब्जी टिम डीआरएस गेमिङले दोस्रो स्थान हासिल गरेको छ । 

आइतबार सम्पन्न प्रतियोगितामा कुल १२७ पोइन्ट र ५५ किलसहित दोस्रो भएको डीआरएसले २८ हजार डलर अर्थात करिब ३३ लाख रुपैयाँ जित्न सफल भएको हो । त्यसैगरी नेपालबाटै सहभागी अन्य दुई टोलीले छैठौं र सातौं स्थान प्राप्त गरे । 

कुल ८७ पोइन्ट र ४६ किलसहित डेडआइज गाइज (डीई) छैठौं भएको छ भने विजेज विथ भाइब्स (डब्लुजेडभी) ७९ पोइन्ट र ३८ किल सहित सातौं भएको छ ।

दुवै टोलीले क्रमशः पाँच हजार डलर र चार हजार सात सय ५० डलर जिते ।

त्यस्तै डीआरएस भन्दा मात्र तीन पोइन्टले अघि रहेर साउदी अरेबियाको टोली ‘रिको इन्फिनिटी’ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १३० पोइन्ट र ५० किल सहित पहिलो भएर सो टोलीले ४० हजार डलर पुरस्कार जित्यो ।

योसँगै आउँदो पीएमजीसी २०२१ को लागि रिको इन्फिनिटी, स्टलवार्ट इस्पोर्टस, क्रिप्टिक्स र डेडआइज गाइज छनौट भएको छ । पोइन्टसको आधारमा यसअघि नै डीआरएस गेमिङ र निग्मा ग्यालेक्सीले छनौटमा स्थान बनाइसकेका छन् ।

कार्यक्रममा मध्य पुर्वी, दक्षिण एसिया, उत्तर अफ्रिका क्षेत्रका देशहरू र ताईवान गरी कुल २० टोलीले सहभागिता जनाएका थिए ।