२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश हटाउने उपाए खोज्दै माओवादी अध्यक्ष दाहाल ,बार अध्यक्ष तथा केही कानून व्यावसायीसँग छललफल



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र जारी आन्दोलनका बारेमा नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी  एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीसँग छलफल गर्नुभएको छ । 

दाहालले आफ्नो निवास खुमलटारमा बिहान आठ बजे एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीलाई बोलाउनु भएको थियो । 

छलफलमा दाहालले नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन र प्रधानन्यायाधीश राणाको अडान तथा राजीनामाका लागि वैकल्पिक उपाएहरुका बारेमा छलफल गर्नुभएको थियो ।  

यसअघि कार्तिक ७ गते आईतबार पनि  एशोसिएसनमा आबद्ध कानून व्यवसायीहरुसँग छलफल गर्दे राणालाई हटाउन सबै अस्त्रको प्रयोग निर्देशन दिनुभएको थियो । 

त्यसलगत्तै कार्तिक ८ गतेबाट नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा आक्रामक बनेको थियो । त्यस समयमा छलफलमा सहभागी एक कानूनव्यवासायीले न्यूजपोलारसँग भन्नुभयो ‘राणालाई हटाउन बार एशोसिएसनलाई क्रियाशील गराउने न्यायाधीश, पूर्व न्यायाधीश लगायत जो जसले आवाज उठाएका छन् उनीहरुलाई साथ दिने काम हुन्छ ।’  

कार्तिक ७ को छलफलमा राष्ट्रियसभा सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ लगायका ८  कानून व्यवसायीहरु सहभागी हुनहुन्थो । 

छलफलमा राणालाई हटाउने, त्यसपछि एउटा उच्चस्तरीय आयोग बनाई उनको पालामा भएका अनियमितताका बारेमा छानबिन गरी सके भ्रष्टाचारमा समेत मुद्दा चलाउनुपर्ने विषय समेत उठेको थियो ।

सम्बन्धित समाचारः प्रचण्ड-कानून व्यवसायी छलफल: प्रधानन्यायाधीश राणालाई हटाउन सबै अस्त्र प्रयोग गरिने