१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश हटाउने उपाए खोज्दै माओवादी अध्यक्ष दाहाल ,बार अध्यक्ष तथा केही कानून व्यावसायीसँग छललफल



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र जारी आन्दोलनका बारेमा नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी  एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीसँग छलफल गर्नुभएको छ । 

दाहालले आफ्नो निवास खुमलटारमा बिहान आठ बजे एशोसिएसनमा आबद्ध केही कानून व्यवसायीलाई बोलाउनु भएको थियो । 

छलफलमा दाहालले नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन र प्रधानन्यायाधीश राणाको अडान तथा राजीनामाका लागि वैकल्पिक उपाएहरुका बारेमा छलफल गर्नुभएको थियो ।  

यसअघि कार्तिक ७ गते आईतबार पनि  एशोसिएसनमा आबद्ध कानून व्यवसायीहरुसँग छलफल गर्दे राणालाई हटाउन सबै अस्त्रको प्रयोग निर्देशन दिनुभएको थियो । 

त्यसलगत्तै कार्तिक ८ गतेबाट नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा आक्रामक बनेको थियो । त्यस समयमा छलफलमा सहभागी एक कानूनव्यवासायीले न्यूजपोलारसँग भन्नुभयो ‘राणालाई हटाउन बार एशोसिएसनलाई क्रियाशील गराउने न्यायाधीश, पूर्व न्यायाधीश लगायत जो जसले आवाज उठाएका छन् उनीहरुलाई साथ दिने काम हुन्छ ।’  

कार्तिक ७ को छलफलमा राष्ट्रियसभा सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ लगायका ८  कानून व्यवसायीहरु सहभागी हुनहुन्थो । 

छलफलमा राणालाई हटाउने, त्यसपछि एउटा उच्चस्तरीय आयोग बनाई उनको पालामा भएका अनियमितताका बारेमा छानबिन गरी सके भ्रष्टाचारमा समेत मुद्दा चलाउनुपर्ने विषय समेत उठेको थियो ।

सम्बन्धित समाचारः प्रचण्ड-कानून व्यवसायी छलफल: प्रधानन्यायाधीश राणालाई हटाउन सबै अस्त्र प्रयोग गरिने