१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति: शिक्षामन्त्री



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ ।
     
फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको हो । 

“शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ”, मन्त्री पौंडेलले भन्नुभयो, “क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।” युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ जानुभएका उहाँ यही साता स्वदेश फर्कँदै हुनुहुन्छ । रासस