१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले भोलिको ‘नेपाल बन्द’ फिर्ता नलिने



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार (भोलि)को लागि घोषणा गरेको नेपाल बन्द फिर्ता नलिने बताएको छ । 

सरकारले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र मट्टितेलमा मूल्यवृद्धि गरेर गरिब निमुखा जनताको ढाड सेक्ने काम गरेको भन्दै सो समूअले गतहप्ता नेपाल बन्द गर्ने घोषणा गरेको थियो । बन्दको कार्यक्रम शान्तिपूर्ण तरिकाले गर्ने सो समूहले जनाएको छ । 

अत्यावश्यक साधन एम्बुलेन्स, शवबाहन, खानेपानी, प्रेस, दुग्धजन्य पदार्थ बोकेकाबाहेक अन्य सावारी साधनलाई सडकमा चल्न नदिने बताइएको छ । 

यस्तै बन्द सफल बनाउनका लागि विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मूख्य सडकका चोक चोकमा कार्यकर्ताहरु उतार्ने विप्लव समूहको तयारी छ ।