२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले भोलिको ‘नेपाल बन्द’ फिर्ता नलिने



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार (भोलि)को लागि घोषणा गरेको नेपाल बन्द फिर्ता नलिने बताएको छ । 

सरकारले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र मट्टितेलमा मूल्यवृद्धि गरेर गरिब निमुखा जनताको ढाड सेक्ने काम गरेको भन्दै सो समूअले गतहप्ता नेपाल बन्द गर्ने घोषणा गरेको थियो । बन्दको कार्यक्रम शान्तिपूर्ण तरिकाले गर्ने सो समूहले जनाएको छ । 

अत्यावश्यक साधन एम्बुलेन्स, शवबाहन, खानेपानी, प्रेस, दुग्धजन्य पदार्थ बोकेकाबाहेक अन्य सावारी साधनलाई सडकमा चल्न नदिने बताइएको छ । 

यस्तै बन्द सफल बनाउनका लागि विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मूख्य सडकका चोक चोकमा कार्यकर्ताहरु उतार्ने विप्लव समूहको तयारी छ ।