१४ असार २०८३, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर पहिलो साता काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने



अ+ अ-

काठमाडौं । आगामी मंसिर ५ र ६ गते काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ । 

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताउनु भयो । राष्ट्रिय स्तरका खेल संघहरु विघटन तथा खारेजी हुने अवस्थामा पुग्नुको कारण र ती समस्या समाधानका लागि दिशा निर्देश गर्न पनि सो सम्मेलनले सघाउने पु¥याउने अपेक्षा गरिएको महासंघले जनाएको छ । 

महासंघका अध्यक्ष पौडेलले भन्नुभयो, ‘खेलकुद क्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका बीचमा आवश्यक सहकार्य हुन नसक्नुका पछाडिको कारणहरु मध्येको प्रमुख कारण नीतिगत झमेला हो । यही अन्यौलताका कारण कतिपय राष्ट्रिय खेल संघहरु विघटन÷खारेजी हुने अवस्थामा समेत पुगेका छन । यी सबै समस्यालाई समाधान गर्नका लागि यो सम्मेलनले एउटा दिशा निर्देश गर्न सक्नेछ भन्नेमा नेपाल खेलकुद महासंघ विश्वस्त रहेको छ ।’

विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुसहितको सहभागीता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

सो सम्मेलनका लागि महासंघले १३ लाख ५० हजार रुपैयाँ खर्चको व्यवस्थापन गर्ने जानकारी गराइएको छ । यातायात, आवास तथा अन्य खर्चको व्यवस्थापन सहभागीहरु आफैंले वा सम्बन्धित संघ, संस्थाहरुले गर्नुपर्ने महासंघका अध्यक्ष पौडेलले बताउनुभयो ।