काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच पनि आन्तरिक मुठभेड हुन पुगेको छ ।
जसमध्ये पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।
असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुग्ने न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ रहेको छन् ।
पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको उनीहरुको तर्क छ ।
असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुग्ने न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ रहेको छन् ।