१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिले नै घुस मागेपछि…



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । 

तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घुस माग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरिएको हो ।