काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।
आज पनि कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ । भित्र बाहिर नै प्रदर्शन भएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेक अन्य न्यायाधीशहरुलाई इजलास तोक्नु भएको छ ।
सर्वोच्च अदालतले सार्बजनिक गरेको दैनिक पेसी सूची अनुसार १० वटा इजलास तोकिएका छन् । मंगलबारका लागि २७९ मुद्दा पेसीमा राखिएको छ । दैनिक पेसी सूची तोकिएपनि बिद्रोही न्यायाधीशहरु आज पनि बेञ्चमा बसेका छैनन ।
आज बिद्रोही न्यायाधीश र आन्दोलनरत नेपाल बार एशोसिएसन बीच छलफल हुँदैछ ।
बारसँगको छलफल पछि आगामी रणनीति तय हुने बारका एक सदस्यले जानकारी दिनुभयो । यता पाँच न्यायाधीशहरु भने सम्भवतः भोलिबाट ईजलासमा फर्कने तयारी गरिरहनु जनाइएको छ ।











