१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको आन्दोलन जारी, न्यायाधीशहरुसँग पनि छलफल गर्दै, १० वटा इजलास तोकियो



अ+ अ-

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

आज पनि कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ । भित्र बाहिर नै प्रदर्शन भएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी  ठूलो संख्यामा परिचालन गरिएको छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेक अन्य न्यायाधीशहरुलाई इजलास तोक्नु भएको छ ।

सर्वोच्च अदालतले सार्बजनिक गरेको दैनिक पेसी सूची अनुसार  १० वटा इजलास तोकिएका छन् । मंगलबारका लागि  २७९ मुद्दा पेसीमा राखिएको छ । दैनिक पेसी सूची तोकिएपनि बिद्रोही न्यायाधीशहरु आज पनि बेञ्चमा बसेका छैनन ।

आज बिद्रोही न्यायाधीश र आन्दोलनरत नेपाल बार एशोसिएसन बीच छलफल हुँदैछ ।

बारसँगको छलफल पछि आगामी रणनीति तय हुने बारका एक सदस्यले जानकारी दिनुभयो । यता पाँच न्यायाधीशहरु भने सम्भवतः भोलिबाट ईजलासमा फर्कने तयारी गरिरहनु जनाइएको छ ।