१४ असार २०८३, आईतवार
,
Latest
सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको आन्दोलन जारी, न्यायाधीशहरुसँग पनि छलफल गर्दै, १० वटा इजलास तोकियो



अ+ अ-

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।

आज पनि कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ । भित्र बाहिर नै प्रदर्शन भएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी  ठूलो संख्यामा परिचालन गरिएको छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेक अन्य न्यायाधीशहरुलाई इजलास तोक्नु भएको छ ।

सर्वोच्च अदालतले सार्बजनिक गरेको दैनिक पेसी सूची अनुसार  १० वटा इजलास तोकिएका छन् । मंगलबारका लागि  २७९ मुद्दा पेसीमा राखिएको छ । दैनिक पेसी सूची तोकिएपनि बिद्रोही न्यायाधीशहरु आज पनि बेञ्चमा बसेका छैनन ।

आज बिद्रोही न्यायाधीश र आन्दोलनरत नेपाल बार एशोसिएसन बीच छलफल हुँदैछ ।

बारसँगको छलफल पछि आगामी रणनीति तय हुने बारका एक सदस्यले जानकारी दिनुभयो । यता पाँच न्यायाधीशहरु भने सम्भवतः भोलिबाट ईजलासमा फर्कने तयारी गरिरहनु जनाइएको छ ।