एजेन्सी । बलिउड अभिनेता राजकुमार राव विवाह बन्धनमा बाँधिएका छन् ।
उनले पत्रलेखा पलसँग विवाह गरेका हुन् । राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत तस्बिर सार्वजनिक गर्दै ११ वर्षदेखिको आफूहरूबीचको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको जनाएका छन् ।
पत्रलेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा आफू ज्यादै खुसी भएको रावले प्रतिक्रिया दिएका छन् ।
यस्तै पत्रलेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन् ।
चन्डिगढमा सम्पन्न भएको विवाह समारोहमा दुवैका परिवार, आफन्त र साथीभाइहरूको उपस्थिति रहेको थियो ।











