१४ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन फर्कन पाउँ भन्दै चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन



अ+ अ-

काठमाडौं । कोरोना महामारीको कारण केही वर्षदेखि नेपालमै रोकिएर बसेका चिनियाँ नागरिकहरुले देश फर्कन पाउँ भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले चिनियाँ दूतावासबाहिर आज प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकहरुले हात हातमा ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्डहरु लिएका छन् । 

यसबारे चिनियाँ दूतावासले भने कोरोनाका कारण नेपालमै रोकिएका चिनियाँ नागरिकलाई फर्काउने कुरामा दूतावासले पहल गरिरहेको जनाएको छ  । त्यसो त कोरोना महामारी कै कारण चीनबाट बिदामा स्वदेश फर्किआएका नेपाली विधार्थीहरु पनि चीन फर्कन पाएका छैनन् ।

उता चीनमा भने कोरोनाको कहर बढेसंगै कतिपय राज्यहरुमा पुनः लकडाउन समेत भईसकेको छ ।