खोटाङ । एमाले नेतृ उषाकला राईले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।
प्रदेश १ पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेकी राईले मंगलबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेकी हुन् ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ ।











