८ भाद्र २०८३, सोमबार
,
Latest
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किनाफासोको आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु



अ+ अ-

ओगादगु। बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए ।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् ।उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् । (रासस-सिन्ह्वा)