१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल



अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मंगलबार फोन वार्ता भएको छ ।त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई फोन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाउनु भएको थियो ।रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरुले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गर्नुभएको क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा उहाँहरुबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । (रासस-सिन्ह्वा)