एजेन्सी । सञ्जय लीला भंसालीको निर्देशनमा बनेको फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।
आलिया भट्ट स्टारर यो फिल्म अब २०२२ को फेब्रअरी १८ मा प्रदर्शन हुनेछ । सो फिल्म पहिला जनवरी ६ तारिखमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, जनवरी ७ मा फिल्म ‘आरआरआर’ आउने भएपछि निर्देशक भंसालीले फिल्मको प्रदर्शन मिति परिवर्तन गरेका हुन् ।
एसएस राजामौली निर्देशित ‘आरआरआर’ र भंसालीको ‘गंगूबाई काठियावाडी’ दुवैमा आलियाको मुख्य भूमिका रहेको छ ।
दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदा आलियाको बक्सअफिसमा आफैंसँग भिडन्त हुने भएको थियो । सोही कारण भंसालीले आफ्नो फिल्मको रिलिज डेट एक महिना पछाडि धकलेका हुन् ।
फिल्ममा आलिया भट्टसँगै अभिनेता अजय देवगन पनि महत्त्वपूर्ण भूमिकामा छन् ।











