१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाको ‘गंगूबाई काठियावाडी’ र राजामौलीको ‘आरआरआर’को भिडन्त टर्‍यो



अ+ अ-

एजेन्सी । सञ्जय लीला भंसालीको निर्देशनमा बनेको फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । 

आलिया भट्ट स्टारर यो फिल्म अब २०२२ को फेब्रअरी १८ मा प्रदर्शन हुनेछ । सो फिल्म पहिला जनवरी ६ तारिखमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, जनवरी ७ मा फिल्म ‘आरआरआर’ आउने भएपछि निर्देशक भंसालीले फिल्मको प्रदर्शन मिति परिवर्तन गरेका हुन् ।
 
एसएस राजामौली निर्देशित ‘आरआरआर’ र भंसालीको ‘गंगूबाई काठियावाडी’ दुवैमा आलियाको मुख्य भूमिका रहेको छ । 

दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदा आलियाको बक्सअफिसमा आफैंसँग भिडन्त हुने भएको थियो । सोही कारण भंसालीले आफ्नो फिल्मको रिलिज डेट एक महिना पछाडि धकलेका हुन् । 
 
फिल्ममा आलिया भट्टसँगै अभिनेता अजय देवगन पनि महत्त्वपूर्ण भूमिकामा छन् ।