४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

६ महिनासम्म मोबाइल फोन आन्द्रामै अड्किएपछि…

६ महिनासम्म मोबाइल फोन आन्द्रामै अड्किएपछि…
अ+ अ-

एजेन्सी । इजिप्टका एक व्यक्तिको ६ महिना अघि निलेको मोबाइल फोन निकाल्नका लागि शल्यक्रिया गर्नुपरेको छ । इजिप्टमा यस्तो प्रकारको यो पहिलो घटना हो । अस्वनस्थित अस्वन युनिभर्र्सिटी हस्पिटलका डाक्टरले एक व्यक्तिको आन्द्राभित्र रहेको सानो मोबाइल फोनलाई आधा वर्षपछि शल्यक्रियामार्फत् निकालेका छन् ।

बिरामी एक कैदी हुन् । उनको नाम मोहम्मद इस्मेल मोहमेद हो । असाध्यै पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ सिटी स्क्यान गर्दा उनको आन्द्रामा केही बाहिरी पदार्थ भएको पत्ता लाग्यो । ती व्यक्तिलाई शल्यक्रियाका लागि तयार पारियो । डाक्टर उनको आन्द्रा भित्रको वस्तुलाई निकाल्न सफल भए जुन प्लास्टिक फोइलमा बेह्रिएको एउटा सानो मोबाइल थियो ।

प्रहरी नआएसम्म डाक्टरले प्लास्टिकको फोइल निकालेनन् । तर प्लास्टिक भित्र के थियो भनेर स्पष्ट थाहा थियो । बिरामीको अवस्था अहिले स्थिर भएको र उनले हाल साधारण तरिकाले खानपिन गरिरहेको बताइएको छ । उनले ६ महिना अघि मोबाइल फोन निलेको पुष्टि गरे । उनले यसअघि पनि यस्तो गर्दै आएको बताए तर यसपटक भने यो बाहिर निस्कन सकेको थिएन ।

मोहम्मदले डाक्टरलाई दिएको जानकारी अनुसार उनले यसअघि पनि साना मोबाइल निल्ने गरेको बताए । खोज तलासीको क्रममा सुरक्षाकर्मीले मोबाइल फोन भेटेपछि खोसिदिने डरले उनले थुप्रै पटक यसै गरी मोबाइल निलेका थिए । तर ती मोबाइल सधैं बाहिर निस्कने गर्दथे । उनले यसरी निस्किएको मोबाइल चार्ज गर्दथे र यसमार्फत् मानिसहरुसँग कुराकानी गर्दथे । जेलका सुरक्षाकर्मीले पुनः भेटेपछि उनले यसलाई फेरि पनि निले । यसपटक मात्रै उनले ६ महिनाभन्दा बढी समयपछि पनि मोबाइल बाहिर निकाल्न सकेनन् । तर यसमा उनले खासै चासो पनि दिएनन् । उनले साधारण तरिकाले  खानपिन गरिरहे ।

ती व्यक्तिका अनुसार उनलाई कहिल्यै पनि पेट फुलेको वा कब्जियत जस्तो भएन । तर एकदिन उनलाई असाध्यै पेट दुख्यो । त्यति नै बेला उनलाई अस्पताल लगियो । डाक्टरका अनुसार उनको आन्द्रा सुन्निएका थिए, संक्रमण पनि फैलिएको थियो । तर फोन प्लास्टिकको फोइलमा नबेह्रेको भए, स्थिति झनै खतरनाक हुन्थे ।

‘पेटमा फोनको उपस्थितिले आन्द्रामा बाधा निम्तिन सक्थ्यो, हामीले उनको आन्द्राको केही भाग नै काट्नुपर्ने सम्भावना पनि थियो तर सौभाग्यवश, यस्तो भएन,’ उनको शल्यक्रियामा समावेश मोहम्मदले स्काई न्यूज अरेबियालाई भने । जेलभित्र स–साना मोबाइल निल्नु साधारण कुरा हो तर ६ महिनासम्म पेटमा लिएर बाँच्नु भनेको साधारण कुरा होइन ।