९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गर्नुभएको छ ।

उहाँले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गर्नुभएको हो । उहाँले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राख्नुभयो ।

“सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना बनाएअनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।”

मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान गर्नुभयो ।

मन्त्री पौडेलद्वारा जारी विज्ञप्तीमा विद्यालय केन्द्रित खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ ।




भर्खरै