१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

25.54°C

काठमाडौं

25.54°C

Kathmandu

Feels-like: 24.65

Wind: 4.41

Humidity: 19

Latest
भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च जिपको ठक्करबाट वृद्धको मृत्यु नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित ‘होस्टेल ३’ले पहिलो हप्तामा कति कमायो ? उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा



अ+ अ-

काठमाडौं । वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।

‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । “सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,” श्रेष्ठले चलचित्रको कथाबारे बताए ।

यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन् ।

प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआइ कलाकार पनि हुन् । अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहेकी छन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् ।

‘माया प्रीति’ मार्फत चलचित्र निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको छ ।