२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री नजाने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने हुनु भएको छ ।

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ तथा भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम तय भएको थियो । स्वास्थ्यका कारण पूर्व निर्धारित कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।