८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्दै

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्दै
अ अ+ अ-

काठमाडौंं । पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एच डि १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नै भएको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एच.डि.१ मा प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिवल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिनेएकाछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।

सन् २०२० मा टाईगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका मा यस संस्करणमा विजेताले रु ५ लाख ८५ हजार ५५५, उपविजेताले रु २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले रु एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १०,५५५ रुपैयाँ पुरस्कार ।राशी प्रदान गरिनेछ ।