१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष प्रशारण गर्दै



अ+ अ-

काठमाडौंं । पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एच डि १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नै भएको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एच.डि.१ मा प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिवल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिनेएकाछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।

सन् २०२० मा टाईगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका मा यस संस्करणमा विजेताले रु ५ लाख ८५ हजार ५५५, उपविजेताले रु २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले रु एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १०,५५५ रुपैयाँ पुरस्कार ।राशी प्रदान गरिनेछ ।