सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट चन्द्रबहादुर शाही मन्त्री बनेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त गरेका हुन् ।
चन्द्रबहादुर शाही नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता हुन् ।
उनले आजै बेलुका सपथ लिने बताइएको छ ।











