६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशः नेकपा एसका चन्द्रबहादुर शाही मन्त्री नियुक्त



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट चन्द्रबहादुर शाही मन्त्री बनेका छन् । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार चन्द्रबहादुर शाहीलाई  आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त गरेका हुन् ।

चन्द्रबहादुर शाही नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता हुन् । 

उनले आजै बेलुका सपथ लिने बताइएको छ ।