१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो । “जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले आफ्ना नागरिकलाई रोजगारी दिने वातावरण निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

सार्वजनिक सुनुवाइमार्फत जनताको अदालतको कठघरामा जनप्रतिनिधिलाई उभ्याएकोमा उहाँले टोखा नगरपालिकालाई धन्यवाद दिनुभयो । वर्तमान गठबन्धनको सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउन नचाहेको महासचिव पोखरेलले आरोप लगाउनुुभयो । अघिल्लो सरकारले एक हजार ४०० सडक निर्माण र ३०० अस्पताल निर्माण कार्य अघि बढाएको उहाँको भनाइ थियो । स्थानीय सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने नेता पोखरेलले बताउनुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासमा जनप्रतिनिधिमात्र नभएर स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । संविधानले कल्पना गरेअनुसार बनेको स्थानीय सरकारले जनताको इच्छा र आकाङ्क्षाअनुसार काम गरेको उहाँको भनाइ थियो । 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाको विकास र समृद्धिका लागि जनप्रतिनिधि अहोरात्र खटेको बताउनुभयो । कार्यक्रममा टोखा नगरपालिकाको सम्पूर्ण विवरण समेटिएको ‘हिजो, आज र भोलि’ वृत्तचित्र प्रस्तुत गरिनुका साथै नगरपालिकाको बारेमा निर्माण गरिएको ‘नगर स्मारिका’ विमोचन गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधा ज्ञवाली, बागमती प्रदेशसभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालगायत सहभागी थिए ।