२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनमा सहकार्य गर्ने पाँच दलको निर्णय (पत्रसहित)



अ+ अ-

काठमाडौ । सत्तागठबन्धनमा रहेका  पाँच दलले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्बाचनमा सहकार्य गर्ने सहमति गरेका हुन् ।

बिज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी पनि गरिएको छ । यसै गरी राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको  उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।