१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनमा सहकार्य गर्ने पाँच दलको निर्णय (पत्रसहित)



अ+ अ-

काठमाडौ । सत्तागठबन्धनमा रहेका  पाँच दलले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्बाचनमा सहकार्य गर्ने सहमति गरेका हुन् ।

बिज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी पनि गरिएको छ । यसै गरी राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको  उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।