१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो तामाकोशीले पहिलो त्रैमासमै कमायो ८६ करोड नाफा



अ+ अ-

काठमाडौंः अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफा कमाएको उल्लेख छ।

कम्पनीको आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएसँगै उसको आम्दानी बढेको छ। यसले गर्दा नाफामा उच्च बृद्धि देखिएको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ कमाएको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३२ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयरु नेटवर्थ ९८ रुपैयाँ १ पैसा छ।

अपर तामाकोशीकाे ४२० मेगावाट विद्युत उत्पादन क्षमता छ र हाल यो देशकै सबैभन्दा ठूलो जलविद्युत कम्पनी पनि हो ।