काठमाडौंः अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफा कमाएको उल्लेख छ।
कम्पनीको आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएसँगै उसको आम्दानी बढेको छ। यसले गर्दा नाफामा उच्च बृद्धि देखिएको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ कमाएको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३२ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयरु नेटवर्थ ९८ रुपैयाँ १ पैसा छ।
अपर तामाकोशीकाे ४२० मेगावाट विद्युत उत्पादन क्षमता छ र हाल यो देशकै सबैभन्दा ठूलो जलविद्युत कम्पनी पनि हो ।











