काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ ।
कानून व्यावसायीको प्रदर्शनका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।











