१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईजलासमा फर्किएका ५ जना न्यायाधीशलाई बार पदाधिकारीले भेट्दै



अ+ अ-

काठमाडौं । प्रधानन्यायधीशले तोकेको ईजलासमा फर्किएका ५ जना न्यायाधीशलाई नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले भेट गर्न लागेका छन् । २० दिन देखी ईजलास बहिष्कार गरेका न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल काममा फर्किपछि नेपाल वारको टोलीले भेट गर्न लागेको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संञ्चारकर्मीहरु संग भन्नुभयो 'उहाँहरूलाई हाम्रो आन्दोलनमा साथ दिनुस्, न्यायालयको विकृतिविरुद्ध जारी अभियानलाई साथ दिनुस् भनेर कुरा राख्न जान लागेका छौं । ' श्रेष्ठले भन्नुभयो  '५ न्यायाधीशहरुलाई २० दिन किन इजलास बहिष्कार गरेको र केही परिवर्तन नभई इजलासमा फर्किएको भनेर जानकारी पनि लिन्छौ ।'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २० दिन  देखी न्यायधीशहरुले इजलास बहिस्कार गरेका छन् भने  नेपाल बार एसोसिएसनले आन्दोलन गर्दे आईरहेको छ ।