२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः एन्फाद्वारा कतार एयरवेजसँग सम्झौता नवीकरण



अ+ अ-

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले र कतार एयरवेजले सम्झौता नवीकरण गरेका छन् । 

बुधबार दिउँसो एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेनको आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कतार एयरवेजले थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको छ । 

शहीद स्मारक ए डिभिजन लिग शुक्रबार (३ गते)देखि सुरु हुँदैछ ।

पत्रकार सम्मलेनमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन समेत भएको बताए । 

एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र जर्मन क्लब बायर्न म्युनिखसँग जस्तै सम्झौता रहेको बताए । 

कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरुप एन्फालाई  करिब १ करोढ ७० लाखभन्दा बढी रकम दिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । 

कुल ९१ खेल हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । लिग विजेताले ७५ लाख पाउने छन् भने उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउनेछन् ।