१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले विकासको लहर ल्याएका थियौँ विकासविरोधी गठबन्धनलाई त्यो मन परेनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा विकासको लहर आएको बताएका छन् । 

नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको बताउँदै तर गठबन्धनलाई त्यो कुरा मन नपरेको आरोप लगाएका हुन् । 

ओलीले भने,  ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो तर, हामीले गरेको विकास विकासविरोधी गठबन्धनलाई मन परेन ।’

यस्तै ओलीले अहिले आफ्नो पार्टीलाई विकास गर्नबाट रोकिएको र फेरि पालो आएपछि अधुरा योजना पूरा गर्ने पतिवद्धता जनाए । 

आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप समेत उनले लगाए ।