१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले विकासको लहर ल्याएका थियौँ विकासविरोधी गठबन्धनलाई त्यो मन परेनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा विकासको लहर आएको बताएका छन् । 

नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको बताउँदै तर गठबन्धनलाई त्यो कुरा मन नपरेको आरोप लगाएका हुन् । 

ओलीले भने,  ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो तर, हामीले गरेको विकास विकासविरोधी गठबन्धनलाई मन परेन ।’

यस्तै ओलीले अहिले आफ्नो पार्टीलाई विकास गर्नबाट रोकिएको र फेरि पालो आएपछि अधुरा योजना पूरा गर्ने पतिवद्धता जनाए । 

आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप समेत उनले लगाए ।