१४ असार २०८३, आईतवार
,
Latest
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

“करको दायरा बढाऔँ, निर्यातमा आधारित राजस्व प्रणालीको विकास गरौँ”



अ+ अ-

झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पुर्‍याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ । 

दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा आज दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले  करको दायरालाई धेरै नागरिकसम्म पु¥याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नुपर्ने बताउनुभयो । 

उहाँले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्याङ्क देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ ।” 

उहाँले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सझुाव दिनुभयो । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उहाँले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पुर्‍याइरहेको बताउनुभयो । 

आफूले पनि करदाताका रुपमा पटकपटक सम्मान पाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।” उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उहाँको धारणा थियो । 

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गर्नुभयो । 

गत वर्ष सर्वोच्च अदालतले ‘कोभिडका कारण भएको लकडाउनका बेला कर असुल नगर्नू र लकडाउन खुलेपछि मात्र कर तिर्ने व्यवस्था मिलाउनू’ भन्ने आदेश दिए पनि आफूहरुले कर तिरेको र कर तिरौँ भनेर सार्वजनिक आह्वान नै गरेको उहाँको भनाइ छ । 

मुलुकको निजी क्षेत्रको योगदानकै कारण कोभिड महामारीकै बेला गत वर्ष २४ प्रतिशत राजस्व वृद्धि भएको ढकालले बताउनुभयो । निजी क्षेत्रले जिम्मेवारीबोध गर्दै कर प्रशासनलाई सहयोग उहाँको भनाइ छ । 

निजी क्षेत्रलाई विश्वास र साथमा लिएर अघि बढ्न सके सकिए राजस्व अझै बढाउन सकिने वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । कर प्रशासन र स्थानीय सरकारले पनि राजस्वका स्रोत निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालल, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजाललगायतद्वारा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एन्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् । त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई सम्मान गरिएको छ । (रासस)