१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

“करको दायरा बढाऔँ, निर्यातमा आधारित राजस्व प्रणालीको विकास गरौँ”



अ+ अ-

झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पुर्‍याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताउनुभएको छ । 

दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा आज दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले  करको दायरालाई धेरै नागरिकसम्म पु¥याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नुपर्ने बताउनुभयो । 

उहाँले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्याङ्क देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ ।” 

उहाँले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सझुाव दिनुभयो । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उहाँले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पुर्‍याइरहेको बताउनुभयो । 

आफूले पनि करदाताका रुपमा पटकपटक सम्मान पाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।” उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उहाँको धारणा थियो । 

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गर्नुभयो । 

गत वर्ष सर्वोच्च अदालतले ‘कोभिडका कारण भएको लकडाउनका बेला कर असुल नगर्नू र लकडाउन खुलेपछि मात्र कर तिर्ने व्यवस्था मिलाउनू’ भन्ने आदेश दिए पनि आफूहरुले कर तिरेको र कर तिरौँ भनेर सार्वजनिक आह्वान नै गरेको उहाँको भनाइ छ । 

मुलुकको निजी क्षेत्रको योगदानकै कारण कोभिड महामारीकै बेला गत वर्ष २४ प्रतिशत राजस्व वृद्धि भएको ढकालले बताउनुभयो । निजी क्षेत्रले जिम्मेवारीबोध गर्दै कर प्रशासनलाई सहयोग उहाँको भनाइ छ । 

निजी क्षेत्रलाई विश्वास र साथमा लिएर अघि बढ्न सके सकिए राजस्व अझै बढाउन सकिने वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । कर प्रशासन र स्थानीय सरकारले पनि राजस्वका स्रोत निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालल, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजाललगायतद्वारा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एन्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् । त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई सम्मान गरिएको छ । (रासस)