५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने
अ+ अ-

नयाँदिल्ली । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।  

“इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भन्नुभयो ।  

सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिनुभयो ।

इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्वन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गर्नु भएको थियो । 

‘साइडलाईन’ भेटवार्ताकै क्रममा उहाँहरुबीचमा भ्रमणको कुरा उठेको र दुई पक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमती भएको उहाँले बताउनुभयो ।  

पछिल्लो समयमा इजरायल र भारतकबीचमा सम्वन्ध थप बलियो बनाइ सहकार्य गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् । भारतका सेना प्रमुख एमएम नाराभाने आइतवारदेखि इजरायलको पाँच दिने भ्रमण गर्नुभएको छ । 

दुई देशबीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ ।“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख जानु भएको सेनाले जनाएको छ । 

भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नुभएको हो । रणनीतिक हिसावले महत्व राख्ने दुई देशबीचमा सम्वन्ध विस्तारका लागि भइरहेका भ्रमण, भेटवार्ता र छलफललाई अर्थ पूर्णरुपमा हेरिएको छ ।  (रासस-एएनआई)