१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई प्रदान



अ+ अ-

काठमाडौ । नेपालमा आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) को वितरण सुरु गरिएको छ । 

पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

काठमाडौंमा आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरेका हुन् ।

यद्यपि ई–पासपोर्टका लागि सर्वसाधारणले भने केही साता कुर्नुपर्नेछ ।